PRABHU BANK

एनआईसी एशिया बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ३६ प्रतिशतले बढ्यो खुद मुनाफा

  • बैंकिङ संसार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू। २६६.६८ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रू.३.२७ अर्ब आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रति सेयर आम्दानी रू. ५६.७७ आर्जन गरेको छ । स्व-पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रैमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै