PRABHU BANK

सूर्या लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको सेयर लिलामीमार्फत बिक्रि खुल्ला हुने

ASIAN Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको लिलामीमार्फत सेयर बिक्रि खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वमित्वमा रहेको सूर्या लाईफ र एशियन लाईफ इन्स्योरेन्सको ३ लाख ३३ हजार ९ सय ९४ कित्ता सेयर मंसिर ७ गते बिक्रि खुल्ला भएको हो । 
बैंकले मंसिर ७ गते आइतबार देखि लिलामीमार्फत बिक्रि खुल्ला भएको सेयरमा ४ दिनभित्रमा आवेदन दिईसक्नु पर्ने भएको छ । लिलामीमार्फत बिक्रि खुल्ल्ला भएको सेयरमा सबैभन्दा बढि आवेदन भर्नेले सेयर पाउनेछन् ।
साथै एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा भएको नागरिक लगानी कोषको सेयर समेत लिलामीमार्फत बिक्रि खुल्ला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार १ सय ९४ र एशियन लाइफ इन्स्योरेन्सको १ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रि खुल्ला गरेको हो ।
बैंकद्वारा प्रकाशित सूचनामा नागरिक लगानी कोषको सेयरमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् । यस्तैगरी सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्समको सेयरमा भने अन्य योग्य लगानीकर्ताले पनि आवेदन दिन सक्ने भएका छन् । इच्छुक लगानीकर्ताले न्युनतम प्रति कित्ता १०० रुपैयाँ मूल्य राखी आवेदन दिनुपर्ने भएको छ ।
लिलामीमार्फत बिक्रि खुल्ला हुने उक्त सेयर खरिद गर्न चाहनेहरुले एनआईसी एसिया क्यापिटल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय र अन्य ६ वटा शाखा कार्यालयमार्फत खरिद गर्न सकिने बैंकले एक सूचनामार्फत जनाएको छ । उक्त सेयरको बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै