PRABHU BANK

कुमारी बैंकले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् छलफल हुने विषयहरु

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २०औं वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि बोलाएको हो । बैंकको गत शुक्रबार मंसिर ५ गते बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६/७७ को साधारणसभा बोलाएको हो । 
उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालय टंगाल काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ । साधारणसभामा १४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिले यस वर्षको साधारणसभा डिजिटल माध्यमबाट बोलाइएको पनि जनाएको छ । 
उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने पनि बैंकले जनाएको छ । एक सूचना प्रकाशित गर्दै बैंकले साधारणसभाको मिति तय गर्दै उक्त साधारणसभामा आय व्यय विवरण तथा १४ प्रतिशत बोनस दिने सम्बन्धी प्रस्ताव पेश गरी पास गरिने जनाएको छ ।
बैंकले साधारणसभामा पेश गर्ने बोनस सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ । साधारणसभामा बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश गरिने भएको छ ।
बैंकले साधारणसभभाको लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । उक्त लाभांश लिन चाहने सदस्यहरुले मंसिर १४ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै