National

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामीमार्फत १ लाख कित्ता सेयर बिक्री खुला

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले लिलामीमार्फत संस्थापक समूहको सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री खुला गरेको छ । 
कम्पनीले मंसिर ७ गते आइतबारदेखि १ लाख २६ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री खुला गरेको हो । कम्पनीले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको संस्थापक समूहको सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री खुला गरेको हो । 
उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता ४ सय ९२ रूपैयाँ रहेको छ । त्यसकारण यस लिलामी सेयरमा न्यूनतम ४ सय ९२ रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने भएको छ । आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनी तथा अन्य व्यक्ति र संस्थाले मंसिर ७ गतेबाट पुष १२ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा आइपुग्ने गरि आवेदन पेश गर्न आग्रहसमेत कम्पनीले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै