DISH HOME

बैंकहरूमा तीन अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदरसहित मंसिर ३ गतेभित्र आवेदन दिन आग्रह !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरूमा लगानी गर्ने भएको छ।  राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मंसिर ३ गते साँझ ७:०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकमा रु ५२ करोड ९५ लाख र वित्त कम्पनीमा रु १७ करोड ६५ लाख बराबरको रकम लगानी गर्न लागेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै