काठमाडौँ । कामना सेवा विकास बैंक र होटल सब्रिनाबीच सम्झौता भएको छ। बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।
जसअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।




