DISH HOME

कृषि विकास बैंकको जागिर छोडेपछि अम्बाखेतीमा रमाउँदै हिमप्रसाद भट्टराई, ५० टन अम्बा उत्पादन गर्ने लक्ष्य !

काठमाडौँ। कृषि विकास बैंकमा सेवा गरेर अवकाश प्राप्त गरेका हिमप्रसाद भट्टराई अहिले अम्बाखेतीमा व्यस्त छन्। उनी खैरहनी नगरपालिका-५, बुडौलीमा तीन बिगाहा जग्गामा अम्बा र ड्रागन फ्रुटको खेती गर्दै आएका छन्।

भट्टराईले ६ वर्षदेखि व्यावसायिक रूपमा अम्बाखेती गर्दै आएका छन्  र ५० टन अम्बा उत्पादन गर्ने लक्ष्य राखेका छन्।

उनको अम्बा बगैँचामा थाइल्यान्ड र श्रीलङ्कन जातका अम्बा लगाइन्छ र १२ महिना निरन्तर उत्पादन हुन्छ। यद्यपि, आयातित अम्बाका कारण स्थानीय उत्पादनको बजारमा समस्या भइरहेको छ। भट्टराईका अनुसार, व्यावसायिक खेती गर्ने किसान संख्या न्यून छ र बजारको समस्या समाधानका लागि व्यवसायीलाई स्थानीय उत्पादनमा विश्वास गर्न आग्रह गरेका छन्।

जिल्लामा सात जनाले व्यावसायिक अम्बाखेती गर्दै आएका छन्। जसमा भट्टराई सबैभन्दा ठूलो क्षेत्रफलमा खेती गर्दैछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै