PRABHU BANK

समृद्धि फाइनान्स लिमिटेडद्धारा १८ लाख कित्ता सेयर लिलामीमार्फत बिक्रि खुल्ला

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सेयर लिलामीमार्फत बिक्रि खुल्ला गरेको छ । कम्पनीले मंसिर १० गते बुधबारबाट लिलामीमार्फत बिक्रि खुल्ला गरेको हो । 
कम्पनीले सर्वसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता सेयर लिलामीमार्फत बिक्रि गरेको हो । कम्पनीले उक्त सेयर मंसिर १० गतेदेखि १७ गतेसम्म बिक्रि खुल्ला हुने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेको छ । कम्पनीको सेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १ः२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर पनि निष्कासन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै