PRABHU BANK

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने मंसिर १० गते अन्तिम दिन

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर १० गते बुधबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ११ गते बिहिबार बुक क्लोज गर्ने निर्णय गरेको छ । 
त्यसैले मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् । बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४औं वार्षिक साधारणसभा मंसिर २० गते शनिबार डिजिटल प्लाटफर्ममार्फत हुने बैंकले जनाएको छ ।
सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव पारित गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै