PRABHU BANK

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्य

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंक र वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको हो ।
उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंकमार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्ने भएका छन् । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्ती डिजिटल वालेटका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै