PRABHU BANK

ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति प्रहरीको फन्दामा

  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । बैंकको काठमाडौंको बानेश्वरस्थित शाखामा कार्यरत सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका हुन् । 
उक्त अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको थियो । त्यसकारण थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुशन्धान भईरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै