PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल भेटनरी संघबीच सम्झौता

Machhapuchchhre Bank
  • बैंकिङ संसार 
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल भेटेनरी संघबीच सम्झौता भएको छ । बैंक र भेटनरी संघबीच संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडा र नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात नेपाल भेटेनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधामा पनि विशेष सहुलियत प्रदान गर्ने भएको छ । स्थापना कालदेखिनै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना बैंकिङ सेवा प्रदान गर्न सफल भएको छ ।
बैंकको हालसम्म देशभर १ सय ६० वटा शाखा, १ सय ३३ वटा शाखारहित बैंकिङ सेवा, १ सय ९८ वटा एटीएमर र ५ एक्सटेन्स काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै १ हजार भन्दा बढी पिओएसमार्फत अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा पनि प्रदान गर्दैै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै