PRABHU BANK

ज्योति विकास बैंकको खातालाई खल्ती वालेटमा लिंक गर्दा ग्राहकहरुले बोनस पाउने

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकको खातालाई खल्ती वालेटमा लिंक गर्दा ग्राहकहरुले बोनस पाउने भएका छन् । बैंकका ग्राहकले खल्ती वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका हुन् ।
बैंकका ग्राहकले लिंक १ मिनेट भन्दा कम समयमा गर्न सक्ने भएका छन् । ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै १ सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने सक्नेछन् । यसरी खातामा लिंक गर्दा बोनस सुविधा भनेएक पटक मात्र पाइने भएको छ । ज्योति विकासको बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्नेर्छ ।
बैंकमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिनेछ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु नपर्ने भएको छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो । साथै भुक्तानीमा पाइने क्यास व्याकको फाइदा उठाई रकम बचत पनि गर्न सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै