prabhu

सिभिल बैंक ११औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाए

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक १० वर्ष पुरा गरी ११औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’ सहित हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
यसै क्रममा सिभिल बैंकका कोरोना लागेर निको भएका ७ जना कर्मचारीहरुले प्लाज्मा दान गरेका छन् । ११औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु पनि प्रस्तुत गरेका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै