PRABHU BANK

सिटिजन्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको बोनस सेयरमा मुल्य समायोजन भएको छ । बैंकको मंसिर ११ गते बिहीबार ८ प्रतिशत बोनस सेयरमा मुल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मुल्य प्रतिकित्ता २३२ रुपैयाँ पुगेको छ । यसअघि भने प्रतिकित्ता २५१ रुपैयाँ रहेको थियो । मुल्य समायोजन पछिको कारोबारमा बैंकको सेयर मुल्यमा वृद्धि भएको छ ।
बिहीबार कारोबार भइरहेको बजारमा कम्पनीको सेयर मुल्य ४.७४ प्रतिशतले बढेको छ । दिउँसो १२ बजेसम्ममा बैंकको सेयर मुल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता २४३ रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै