PRABHU BANK

नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर भर्न अब केही दिन मात्र बाँकी

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि मंसिर ४ गते बिहीबारदेखि हकप्रद सेयर बिक्रि गरेको थियो । सोही हकप्रद सेयरको आवेदन भर्ने म्याद अब केहि दिन मात्र बाँकी रहेको छ । 
कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिसेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्ने भएका छन् ।
फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते बिहीबार १ दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै