PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा, प्रभु प्रसाद ढकाल र जीवन कुमार श्रेष्ठद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
कास्की । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभु प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवन कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला पोखरा महानगरपालिका -९ नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै