PRABHU BANK

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Summit Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ५४ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको हो । संस्थाले एक सूचना प्रकाशन गर्दै उक्त जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । 
यस्तै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय गोरखामा आइपुग्ने गरि आवेदन दिन आग्रह पनि कम्पनीले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै