PRABHU BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने

Swarojgar Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर १३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
कम्पनीले कुल १३ दशमलव ९७१५७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७६.७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई १३ दशमलव २७३ प्रतिशत बोनस सेयर र ० दशमलव ६९८५७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने भएका छन्  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै