पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभ्ने तयारीमा, राष्ट्र बैंकद्वारा सैद्धान्तिक सहमति प्रदान !

काठमाडौँ। पोखरा फाइनान्स र समृद्धि फाइनान्सले गाभ्ने प्रक्रिया अघि बढाएका छन्। नेपाल राष्ट्र बैंकले दुबै संस्थालाई गाभ्ने तथा गाभिने प्रयोजनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

पोखरा फाइनान्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको सूचनामा उल्लेख अनुसार राष्ट्र बैंकले २७ असोजमा सैद्धान्तिक सहमति दिएको हो।

दुबै फाइनान्स कम्पनीलाई तीन महिनाभित्र विशेष साधारण सभा बोलाई आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि निवेदन दिन निर्देशन दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्