PRABHU BANK

माछापुच्छ्रे बैंकद्धारा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को निर्माण

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘पर्यटक प्रतिक्षालय’ को निर्माण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतिक्षालय’ को निर्माण गरेको हो ।
देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको जनाएको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै