PRABHU BANK

बैंक अफ काठमाण्डूको प्रस्तावित १६ प्रतिशत लाभांश पारित

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको प्रस्तावित १६ प्रतिशत पारित भएको हो । बैंकको मंसिर १५ सोमबार सम्पन्न २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । यस्तै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ सम्मको बैंकको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् ।
सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै