PRABHU BANK

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने मंसिर १६ गते अन्तिम दिन

Nic Asia Capital
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने मंसिर १६ गते अन्तिम दिन रहेको छ । एनआइसी एसिया क्यापिटलले गत शुक्रबारबाट बिक्रीमा ल्याएको एनआइसी एसिया डाइनामिक डेब्ट फन्डमा आवेदन दिने मंसिर १६ गते अन्तिम दिन रहेको हो ।
क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई बिज पुँजीबापत कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । यस्तै बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो । 
यसमा न्यूनतम १० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने भएको छ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी-आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै