HIMALAYAN LIFE
Banking Sansar Mobile App

अमेरिकी बैंकहरू ३९५ अर्ब डलर घाटामा, जोखिम अझै बाँकी !

एजेन्सी ।अमेरिकी बैंकहरू ठूलो वित्तीय दबाबमा देखिएका छन् । ताजा तथ्यांक अनुसार, सन् २०२५ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरूले झण्डै ३९५ अर्ब अमेरिकी डलर बराबरको अप्रकाशित घाटा बोकेका छन् । यो तथ्यांक अमेरिकी फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सार्वजनिक गरेको हो ।
कर्पोरेसनका अनुसार यो घाटा अघिल्लो त्रैमास भन्दा केही घटेको छ । तर, अझै पनि बैंक प्रणालीमा ठूलो जोखिमका रूपमा देखिएको छ । विश्लेषकहरूका अनुसार, यो घाटाको मुख्य कारण ब्याज दरको तीव्र वृद्धि हो ।
अमेरिकी वित्तीय विश्लेषकहरूका अनुसार, यस्ता घाटाले बैंकहरूको तरलतार लगानीकर्ताको विश्वासमा दीर्घकालीन असर पार्न सक्छ ।
यद्यपि केही सुधारका संकेत पनि देखिएका छन् । कर्पोरेसनको रिपोर्टअनुसार अघिल्लो त्रैमासको तुलनामा घाटा केही घटेको छ, जसले बजारमा ब्याज दर स्थिर हुँदै गएको सङ्केत गर्छ । यदि आगामी महिनाहरूमा अमेरिकाले ब्याज दर घटाउने निर्णय गर्‍यो भने बाँडहरूको मूल्य पुनः बढ्न सक्छ र बैंकहरूको घाटा घट्ने सम्भावना रहन्छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।