PRABHU BANK

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा ३० प्रतिशत लाभांश घोषणा

Womi Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्था नागरिक लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार समेत सुरूवात गरेको हुनाले बोनसमा कर नलाग्ने संस्थाले जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र संस्थाका सेयरधनीहरूले मात्र पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै