काठमाडौँ। बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असाेज २ गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन २७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन २७ अर्बले बढेर ७३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असाेज १ गते बुधबारसम्म बैंकहरुमा ७३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
यता बैंकहरूको अन्तरबैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७५.५७ बिन्दुमा झरेको छ ।