DISH HOME

गुराँस लघुवित्तले लाभांश वितरण गर्दै

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो।

हाल कायम चुक्तपुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने १ करोड ६५ लाख ८ हजार ५५३.७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ८ लाख ६८ हजार ८७१.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै