PRABHU BANK

महालक्ष्मी विकास बैंकद्धारा नयाँ सेवा संचालन, सरल तरिकाबाट POS Terminal रकम भुक्तानी गर्न सकिने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ सेवा संचालनमा ल्याएको छ । बैंकले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको हो । भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनीकेशनमा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal रकम भुक्तानी गर्न सकिने भएको छ ।
महालक्ष्मी विकास बैंक भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको करिब ५ लाख सेवाग्राहीहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै