DISH HOME

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौँ। बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने भएको छ। असोज ६ गते (आज) घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । राष्ट्र बैंकले सूचना जारी गर्दै सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै