PRABHU BANK

नबिल बैंक र वान टु वाचबीच सम्झौता, बिना व्याज र धितोरहित कर्जा उपलब्ध गराउने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र वान टु वाचबीच सम्झौता भएको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीलाई बिना व्याज र धितोरहित कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । बैंकले वान टु वाच कम्पनीलको सहकार्यमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत यसरी कर्जा दिने भएको हो । 
कोरोनाबाट प्रभावित लघुउद्यमी तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएकालाई धितो रहित र व्याज मुक्त छोटो अवधिको कर्जा दिने बैंकले जनाएको छ ।
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्ने जनाइएको छ । यसरी लिएको कर्जाको व्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्ने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै