PRABHU BANK

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि मंसिर १८ गते बिहीबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले ४ अर्व रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । 
४० लाख कित्तामध्ये बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने भएको छ । बैंकले निष्कासन गर्ने ऋणपत्र ८ दशमलव ५ प्रतिशत व्याजदरमा ७ वर्षको लागि निष्कासन गर्ने भएको छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैकिङ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै