PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीहरुलाई लाभांश लिन बाँकी भए लाभांश लिन आग्रह

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । कम्पनीले लाभांश लिन बाँकी भए लाभांश लिन आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको हो । कम्पनीको विभिन्न वार्षिक साधारणसभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांश संकलन गर्न आग्रह गरेको हो ।
सेयरधनीहरुले संस्थाको सेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश संकलन गर्नसमेत आग्रह गरेको छ । लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२९९० बमोजिम स्थापना भएको ‘लगानीकर्ता रक्षण कोष’ मा जम्मा हुने भएको छ । त्यसकारण कम्पनीले सेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै