एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। एनएमबि बैंकले आफ्नो संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकको करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा निवेदन दिन सक्नेछन्।

यसअघि बैंकका संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी शेयर बिक्रीका लागि राखिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्