PRABHU BANK

युनाईटेड फाइनान्स लिमिटेडका सेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने

United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडका सेयरधनीहरुले लाभांश नपाउने भएका छन् । फाइनान्सका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका हुन् ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले संस्थाको वित्तीय अवस्था थप सवल र सशक्त बनाउन सेयरधनीलाई उक्त आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ७.५२६ प्रतिशत नगद गरी १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै