महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ। महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले सम्पती गुणस्तरअन्तर्गतको विधामा सो अवार्ड पाएको हो।

अगस्ट २९ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान पाएको हो।

बैंकले यस अवार्ड पाएसँगै अन्तरराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्