PRABHU BANK

सानिमा बैंकले गर्यो १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र-नक्साल, नारायणचौरसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड-१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति पनि अपनाइएको थियो । मंसिर २६ शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।
सानिमा बैंकले स्थापनाकालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा ८३ वटा शाखा, ८१ वटा एटीएम र १६ विस्तारित काउन्टर संचालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै