PRABHU BANK

माछापुच्छ्रे बैंकको साधारणसभा पुसमा हुने, यस्ता छन् छलफल हुने विषयहरु

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा पुसमा हुने भएको छ । बैंकको पुस २ गते २२औं वार्षिक साधारणसभा हुने भएको हो । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार बैंकको उक्त सभा हुने भएको हो । उक्त सभा बिहिबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरा, कास्कीमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने भएको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, नाफानोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लयायत सम्पूर्ण वित्तीय विवरणहरु पनि पारित गरिने भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३७ प्रतिशत नगद लाभांश र .प्रतिशत बोनस सेयर स्वीकृत गरिनेछ । यस्तै बैैंकले साधरणसभा प्रयोजनको लागि असोज २२ गते बी बुक क्लोज गरिसकेको छ । त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै