PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सम्झौता, व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले मोरङ्ग जिल्लाको बेलबारी नगरपालिकासँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता गरेको हो । राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने भएको छ । यसैगरी तालिम प्राप्त उद्यमीरुको ५/५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने भएको छ ।
नगरपालिकाले सिफारिस गरेको उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम ५ लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । उक्त समारोहमा बंकका सिइओ श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको १ प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउँदै कर्जा तिर्नुनपर्ने भन्ने मानसिकता कसैले राख्न नहुने बताए ।
यस्तै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै