prabhu

ग्लोबल आइएमई बैंकद्वारा ६ वटा नयाँ शाखारहित बैंकिङ सेवाको संचालन, सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उद्देश्य

Global IME Bank
  • बैंकिङ संसार
तेह्रथुम । ग्लोबल आइएमई बैंकले ६ वटा शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा, धनुषा जिल्लाको नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्लाको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्लाको बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप ६ वटाशाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ  सेवा संख्या २३८ पुगेको छ ।
बैंकले तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं.-०२ ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा तीचन्द्र कला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं.-०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं.-०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका-, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका वडा नं.-०२ सिमाल चौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं.-०१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीरल्त्ऋको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले त्यी स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुुरु गरेको हो । बैंकले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल, २ सय ३९ एटिएम, , २ सय ३८ शाखा रहित बैंकिङ सेवा ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन संचालनमा रहेका छन् । साथै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै