prabhu

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, कस्तो छ अन्य सूचक ?

काठमाडौँ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमायको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बैंकले १४.११ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष बैंकको लाभांश क्षमता १.४० प्रतिशत थियो।

बैंकको सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९ अर्ब १ करोड ८९ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १६ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी पनि ०.८५ प्रतिशतले घटेको छ।

यता समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.१७ प्रतिशत थियो।बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १६.२८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.९९ रुपैयाँ थियो। पीई रेसियो १५.९५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै