PRABHU BANK

माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारणसभाले पारित गर्यो प्रस्तावित १०.४ प्रतिशत लाभांश

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले प्रस्तावित १०.४ प्रतिशत लाभांश पारित गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरी कुल १०.४ प्रतिशत लाभांश पारित गरेको हो । 
साथै सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गरेको छ । यसैगरी बैंकले पुस २ गतेबाट नै आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ । त्यस्तै सभाले माछापुच्छ्रे बैंक सर्वसाधारण सेयरधनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । 
बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्व ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ रहेको छ । बैंकले आफ्ना १ सय ६० वटा शाखाहरु, २ सय वटा एटीएम र १ सय ४१ शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै