काठमाडौँ। एनएमबि बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। दिगो विकास र हरियाली बढाउने उद्देश्यले एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) र ‘ग्रिन मन्थ’ अन्तर्गत तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय पारिस्थितिकी प्रणाली र समुदायलाई सहयोग पुर्याउन फलफूलका बिरुवाहरू समेत रोपिएको छ।
यस अभियानले स्वच्छ वातावरण र हरित अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ। तस्विरहरू: