काठमाडौँ। नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दाहाल बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका उनी कार्यकारी निर्देशकमा बढुवा भएर संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारीमा पुगेका छन् ।
साउन २० गते बसेको बैठकले दाहाललाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनी राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै बैंकको कार्यकारी निर्देशक पदमा बढुवा भएका हुन् । निर्देशक हुँदा वित्तीय संस्था सुपरिवेक्षण विभागमा थिए भने अब उनले संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी सम्हाल्नेछन् ।