PRABHU BANK

मेगा बैंकद्धारा ‘मेगा अभिभावक बचत खाता’ योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले आकर्षक नयाँ बचत योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक नयाँ बचत योजना सार्वजनिक गरेको हो । बैंकले बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो ।
सार्वजनिक बचत खातामा न्यूनतम ५ सय रुपैंया बचत हुनु पर्नेछ । यस्तै यस खातामा ४.५ प्रतिशत व्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था पनि गरिएको छ । यसैगर मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । 
यसका साथै खातावाललाई डिम्याट खाता तथा सेयर लगानी सम्बन्धी विभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा रहेको छ । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि बैंकले मिलाइएको छ । मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आइरहेकोको छ । मेगा बैंकले हाण्सम्म देशभर रहेका २ सय ६ वटै शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत यस योजना अन्तर्गत खाता खोल्न सकिन मेगा बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै