PRABHU BANK

हिमालयन बैंकको वार्षिक साधारणसभामा पुस २७ गते हुने, यस्ता छने पारित हुने विषयहरु

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको वार्षिक साधारणसभामा हुने भएको छ । बैंकको वार्षिक साधारणसभामा आगामी पुस २७ गते हुने भएको हो । बैंक सञ्चालक समितिको बैठकले कम्पनीको २८औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार बोलाएको हो । 
उक्त सभाले सञ्चालक समितिको २० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
जसलाई उक्त सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् । सभामा जाने प्रयोजनको लागि बैंकको आगामी पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्व ३७ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै