DISH HOME

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकले २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । 
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्व ९८ करोड रुपैयाँ रहेको छ भने १५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १६ अर्व रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै