PRABHU BANK

कृषि विकास बैंकद्धारा वार्षिक साधारणसभा आव्हान, यस्ता छन् मुख्य एजेण्डा

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आगामी पुस २९ गते बुधबार आफ्नो १४औं वार्षिक साधारणसभा आव्हान गरेको हो । बैंकले उक्त दिन बिहान ११ बजे भक्तपुरको केन्द्रिय तालिम प्रतिष्ठान बोडेस्थित आफ्नो कार्यालयमा वार्षिक साधारणसभा आव्हान गरेको हो । 
सभा कोभिड १९ को कारण भर्च्युअल माध्यमबाट हुने बैंकले जानकारी दिएको छ । उक्त सभामा जाने प्रयोजनको लागि बैंकको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । यस कारण पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसलाई पुस २९ गते हुने बैंकको वार्षिक साधारणसभाले पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै