PRABHU BANK

एनएमबि बैंक र सेलपेबीच सम्झौता, डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्ने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेड र सेलपेबीच सम्झौता भएको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सम्झौता गरेको हो ।
 बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । ग्राहकहरुले सेलपेमा आवद्धगरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नुको साथै सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्ने भएका छन् ।
यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन /पाउन, बिमा रकम भुक्तानी, तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै