PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा नेपाल बङ्गलादेश बैंकसहित अन्य ३ कम्पनीको सेयर मूल्य समायोजन

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा नेपाल बङ्गलादेश बैंकसहित अन्य ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा ३ वाणिज्य बैंक र एक लघुवित्त गरी चार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।नेप्सेका अनुसार एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी सबै कम्पनीको शुक्रबार पुस १० गते सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये एभरेष्ट बैंकको ५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८१ रुपैयाँ कायम भएको छ । तर कम्पनीको पछिल्लो कारोबार भने प्रतिकित्ता ७१५ रुपैयाँमा भएको थियो । यसैगरी प्रभु बैंकका पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता ३७५ रुपैयाँमा भएको बैंकको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ ।
नेपाल बङ्गलादेश बैंकको भने ६ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २५० कायम भएको छ । तर बैंकको पछिल्लो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको थियो । यस्तै आरएसडीसी लघुवित्तको ९ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ तय गरिएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ६३३ रुपैयाँमा भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै