PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको २०औं एक्सटेन्सन काउन्टर संचालनमा, ज्योतिप्रकाश पाण्डेद्धारा उद्घाटन

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २०औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गर्नको लागि संचालनमा ल्याएको हो । 
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन् बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरेका हुन् ।नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १ सय २६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले ५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको । यस्तै अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट पनि नेपाल इन्भेष्टमेन्ट बैंक पुरस्कृत भइसकेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै